काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको निधन भएको छ । गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका रसुवाको नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको हो ।
मृतकका आफन्तका अनुसार उनी कार्तिक अन्तिममा क्रोयसिया रहेको बताएका थिए । ुकेही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो,ु उनका आफन्तले भने ।
योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । उनको २६ दिनअघि मृत्यु खबर आएको शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।
रोजगारीको सिलसिलामा उनी केही समय अघि मलेसिया गएका थिए । क्रोएसिया जान ठिक पारेको रकम दलालीले खाइदिएपछि उनको क्रोएसिया जाने सपना अधुरै रहेको थियो । त्यसपछि उनी अर्को बाटो अपनाएर क्रोयसिया हुँदै रुस पुगेका थिए ।