आज कुुन कुन प्रदेशमा हुुदैछ चट्याङसहित वर्षा ?

आज कुुन कुन प्रदेशमा हुुदैछ चट्याङसहित वर्षा ?

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • आज कुुन कुन प्रदेशमा हुुदैछ चट्याङसहित वर्षा ?

    काठमाडौं । आज मुलुुकका बिभिन्न प्रदेशमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।  

    विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij