कोशी र वागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हुरीबतास एवं चट्याङसहित वर्षा हुुने

कोशी र वागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हुरीबतास एवं चट्याङसहित वर्षा हुुने

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • कोशी र वागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हुरीबतास एवं चट्याङसहित वर्षा हुुने

    काठमाडौँ ।  कोशी। वागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज हुरीबतास एवं चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही वर्षा हुुने भएको छ ।

    बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । विभागका अनुसार अहिले कोशी प्रदेशको केही  स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने  जनाएको छ । कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही  स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले अहिले बिहान छ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij