धनुषामा तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद

धनुषामा तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • धनुषामा तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद

    गोदार । जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ ।

    धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा रु एक करोड ५८ लाख ६५ हजारभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिए । 

    उनका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको इकाइबाट खटेको प्रहरी टोलीले गत वैशाख २९ गते बिहान बिलविजकभन्दा रु २३ लाख ४५ हजार आठ सय ४० बढीका  सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको  । 

    यस्तै वैशाख ३० गते राती रु ३४ लाख ९१ हजार दुई सय बराबरको २१ क्वीन्टल प्याजसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको तिवारीले बताए । 

    त्यसैगरी वैशाख ३१ गते दिउँसो रु ८९ लाख ४६ हजार ९०० सय बराबरको ६ सय कार्टुन मदिरासहितको ट्रक ढल्केवर नियन्त्रणमा लिएको र सोही दिन गणेशमान चारनाथ नगरपालिका(८ बाट रु १० लाख ८१ हजार तीन सय ३२ बराबरको सामानसहित मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    नियन्त्रणमा लिएको सामान तथा गाडीहरू थप अनुसन्धानका लागि सम्बन्धित निकायहरु आन्तरिक राजश्व कार्यालय जनकपुर, जनकपुर भन्सार कार्यालय, र राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएका छन्। 

    प्रहरी उपरीक्षक तिवारीले भन्सार छलेर ल्याइएका सामानको ओसारपसार रोक्न वैशाख अन्तिम सातादेखि अभियानकै निगरानी बढाइएको र यसबाट राजश्व चुहावट न्यूनीकरणमा सघाउ पुग्ने अपेक्षा रहेको बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij