पर्यटन प्रवर्द्धन गर्ने सरकारको नीति : हलिउड र बलिउड फिल्म छायांकन गर्ने वातावरण बनाइने

पर्यटन प्रवर्द्धन गर्ने सरकारको नीति : हलिउड र बलिउड फिल्म छायांकन गर्ने वातावरण बनाइने

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • पर्यटन प्रवर्द्धन गर्ने सरकारको नीति : हलिउड र बलिउड फिल्म छायांकन गर्ने वातावरण बनाइने

    काठमाडौं । सरकारले विश्वकै लामो पदयात्रा पर्यटन प्रवद्र्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुृन् । 

    नेपालमा हलिउड र बलिउडको चलचित्र छायांकन गरेर नेपालमा पर्यटन प्रवद्र्धन गर्ने कामलाई प्राथमिकता दिने भएको पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

    ग्रेट हिमालयन ट्रेलललाई प्राथमिकता दिने र पर्यटन क्षेत्रका कार्यक्रमको प्राथमिकीकरण गर्ने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि टाकुर पर्यटनको प्रवद्र्धन गर्ने भएको छ । यसका लागि तीन वटै तहको सहकार्यमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गर्ने भएको छ ।

    आगामी आर्थिक वर्षदेखि बुद्ध, शिव, रामायण, शिव, किराँत परिपथको निर्माण गर्ने भएको छ । यसका साथै पर्यटकीय गन्तव्यको प्रोफाइल बनाउने भएको छ ।

    आन्तरिक विमानस्थल स्तारोन्नति गर्ने, पोखरा र भैरहवा सञ्चालन गर्न विशेष प्रोत्साहनदिने सहितका कार्यक्रम सञ्चालन गर्ने पनि राष्ट्रपतिले सार्वजनिक गरेको नीति कार्यक्रममा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij