पूर्वान्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय डीनका रूपमा तीन बर्ष

पूर्वान्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय डीनका रूपमा तीन बर्ष

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • पूर्वान्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय डीनका रूपमा तीन बर्ष

    प्रा.देबी प्रसाद भट्टराई 

    बिराटनगर । पूर्वांचल विश्वविद्यालयमा इंजिनियरिंग संकायको डीनको हैसियतले   कार्यप्रारम्भ गरेको आजवाट तेस्रो वर्ष  पूरा भई चौथो वर्षमा प्रवेश गर्न लाग्दा यस संकायले हालसम्म सम्पन्न गरेका र सम्पन्न गर्ने योजनामा रहेका र गर्न वाँकी रहेका शैक्षिक उन्नयनका गतिविधिलाई प्रस्तुत गर्न चाहान्छु । 

    विज्ञान तथा प्रविधि संकायवाट इञ्जिनियरिङ्ग संकायलाइ छुट्याइए पछि केन्द्रिय कार्यालयभित्र संकाय अफिस स्थापना भइ पहिलो डीनको रुपमा कार्यभार सम्हाल्दा जति खुसि महसुस भएको थियो त्यो भन्दा बढी चुनौतीहरु थिए । ति चुनौति भित्र अवसर पनि देखिन्थे जसलाई क्रमश समाधान गर्ने दिशामा कामहरु भएका छन्। गत वर्षको साउन महिनादेखि डीन कार्यालय पुष्पलाल चोक बिराटनगरमा व्यवस्थित रूपमा सञ्चालन हुदै आएको छ । गत ३ वर्षमा सम्पन्न इञ्जिनियरिङ्ग संकायमा भए गरेका कार्य र आगामी वर्षमा सम्पन्न गरिने  कार्ययोजनालाई निम्न रूपमा प्रस्तुत गर्न चाहान्छु । 

    सम्पन्न कार्यहरु:


    १. इञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहका विभिन्न ७ वटा कार्यक्रमका १० वर्ष पुराना सिलेवसलाई विषय समिति मार्फत संसोधन तथा पुनर्लेखन गराइ रास्ट्रिय तहका कार्यशालामा छलफल र संसोधन सहित  प्राज्ञिक परिषदवाट अनुमोदन भइ उक्त संसोधित सिलेवसलाइ पाठ्यक्रममा लागु गरिएको छ । तेस्रो र चौथो वर्षको पाठ्यक्रम विस्तृतिकरणको कार्य जारी छ। 

    २. स्नातकोत्तर तहका पाठ्यक्रमलाई समेत संसोधन गरि यसै वर्षदेखी नयाँ तथा संसोधित पाठ्यक्रम लागु गरिएको छ। 

    ३. आंगिक क्याम्पस विराटनगरमा Earthquake Engineering, Construction Management तथा Electrical Power System Engineering का स्नातकोत्तर तहका नयाँ कार्यक्रम संचालन भएका छन्। त्यस्तै अन्य २ वटा सम्बन्धनप्राप्त कलेजले समेत स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न  आवश्यक प्रक्रिया पूर्याई अनुमति प्राप्त गरेका छन्। यी कार्यक्रम अध्ययन गर्न पहिलो ब्याचको प्रवेश परीक्षामा विद्यार्थीको  उल्लेख्य सहभागिता थियो। 

    ४. मूल्यांकन पद्धतिलाई स्वस्थ, स्तरीय र क्षेत्रीयर अन्तराष्ट्रीय मापदण्ड सरह बनाउन आन्तरिक तथा अन्तिम मूल्यांकन पद्धतिलाई परिमार्जन गरिएको छ, ज़हाँ बिद्यार्थी र विषय शिक्षकलाई वढी ज़िम्मेवार बनाईएको छ। 

    ५. आंगिक तथा सम्बन्धन प्राप्त सवै क्याम्पसरकलेजको स्थलगत रुपमा निरिक्षण गरि  आवश्यकता अनुसार भौतिक पूर्वाधार , प्रयोगशाला र पठन पाठन कार्यको स्तर उन्नयन गरि स्तरीय सेवा दिन निर्देशन दिइएको छ । 

    ६. पुसेट (PUSET)लाइ  School of Engineering र School of Science & Technology  को रुपमा छुट्टा छुट्टै स्थापना गर्न Faculty तथा Staff को व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।

    ७. पुर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकाय तथा त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ्ग अध्ययन संस्थान र मनमोहन टेक्निकल यूनिभर्सिटी बीच मानवीय संसाधन तथा प्रयोगशाला र अनुसन्धान कार्यमा एक अर्का बीच पारस्परिक सहयोग समन्वय गर्ने सम्वन्धमा सम्झौता सम्पन्न भएका छन । र, सोही सम्झौता अनुरूप हाल मास्टर्स तथा ब्याचलर तहमा केही कार्यक्रममा शिक्षकहरुको सहभागिता हुंदै आएको छ। 

    ८. पुर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकाय तथा काठमाडौं विश्वविद्यालय बीच Renewable and Sustainable Energy Laboratory ( RSEL)  प्रदेश नं १ का लागि Solar & Renewable Energy focusing in Province-1" मार्फत सहकार्य सुरु गरिएको छ ।

    ९.कक्षा संचालनलाई व्यवस्थित वनाउन र समयमैं कोर्स सम्पन्न गर्न नियमित रूपमा एकेडेमिक क्यालेन्डर प्रकाशन गरि त्यसलाइ कडाइका साथ पालना गर्न सम्बन्धित स्कूलरकलेजर क्याम्पसलाई निर्देशन प्रदान गरिएको  छ । 

    १०. .परिक्षा व्यवस्थापन कार्यालयमा इञ्जिनियरिङ्ग संकायको नतिजालाई छिटो छरितो र प्रभावकारी बनाउन डेपुटी कन्ट्रोलर (Engineering) को व्यवस्थाप गरिएको छ ।


    ११. विश्वविद्यालय अन्तर्गतका सवै कलेज बीचको मास्टर्सको थेसिस रिपोर्टको स्ट्रक्चरमा एक रुपता कायम गरिएको छ  साथै थेसिसको डिफ़ेन्स वर्षमा ३ पटक (भाद्र, माघ र जेठ महीना) तोकिएको छ। 

    १२. इलष्लिभ विधिवाट प्रवेश परिक्षाको आवेदन फाराम र दस्तुर र डकुमेन्ट बुझाउने कार्य संचालनको सुरुवात भएको छ  ।


    १३. विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्वन्धन प्राप्त कलेज व्यवस्थापनसंग शैक्षिक गुणस्तर उकास्न नियमित वैठक गरि समस्याको पहिचान र आवश्यकता अनुसार समाधानका उपायवारे छलफल सहित क्रमशः कार्यान्वयन गर्ने गरिएको छ । 

    १४. प्रवेश परिक्षा बिनियामावाली तथा छात्रवृत्ति बिनियामावालीमा देखिएका त्रुटी तथा कमिकमजोरीलाई संसोधन तथा परिमार्जन गरि नयाँ बिनियमावाली लागु गरि सोही अनुरुप कार्य संचालन गर्न थालिएको छ । 

    १५. Electronics  & Telecommunication  Engineering  विषयको नाम परिवर्ततन गरि Electronics  Telecommunication  & automation Engineering  राखि एकाडेमिक काउन्सिलवाट अनुमोदन गराउने कार्य भएको छ । यस विषयमा वढी रोजगारमुखी तथा अत्याधुनिक विषयहरु समावेस गरिएको छ ।

    १६. पुर्वान्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकायको आफ्नै website www.pufoe.edu.np र इमेल @pufoe .edu .np वनाइ सोही माध्यमको प्रयोग गरि आवश्यक सुचना सम्प्रेसण वा आदान प्रदान गर्ने गरिएको छ ।

    १७.आंगिक क्याम्पसमा अत्यावश्यक रहेका सहायक प्राध्यापकका रिक्त करार पदहरुमा लिखित, मौखिक तथा प्रयोगात्मक खुल्ला प्रतिस्पर्धा गराइ ९ जना योग्य शिक्षकको नियुक्तिको लागि कार्यकारी परिषदमा सिफ़ारिस पठाइएको छ । 

    १८. पुर्वान्चल विश्वविद्यालय र इञ्जिनियरिङ्ग संकायले हाल गरि रहेका काम तथा भावी योजना रकार्यक्रमवारे समय समयमा विभिन्न संचार माध्यमवाट जानकारी गराउने गरिएको छ । 

    भावीयोजनाहरु


    १.अध्ययनर अनुसन्धानलाई प्रोत्साहन तथा अगाड़ी बढ़ाउन डीन कार्यालय अन्तर्गत Research Unit गठन गर्ने प्रक्रिया अगाड़ी बढ़ाइएको छ। शिक्षकलाई उच्च अध्ययन तथा अनुसन्धान  तथा पि एच डि डिग्रिको निमित्त अभिप्रेरित गर्ने योजना रहेको छ । 

    २. इञ्जिनियरिङ्ग संकाय अन्तर्रगत स्नातकोत्तर तहको नियमित परिक्ष्या संचालन गर्ने उदेश्यले यसै आर्थिक वर्षसम्ममा सॉफ्टवेर तथा हार्डवेयर जड़ान गर्ने कार्य सम्पन्न गरिनेछ। 

    ३. पुर्वाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकाय अन्तर्रगतका आंगिक कलेज र डिन कार्यालयविच गतवर्ष गरेका कामको समिक्षा र आगामी योजनावारे अन्तरकृया कार्यक्रम गरिनेछ ।


    ४.आंगिक क्याम्पसमा आउंदो शैक्षिक सत्रसम्ममा सिबिलतर्फ १ र कम्प्यूटर र इलेक्रोनिक्सतर्फ १/१ गरि थप ३ विषयमा स्नातोकोत्तरका कार्यक्रम सञ्चालन गरिनेछ। 

    ५.जेहेंदार छात्रवृत्ति पाउँने विद्यार्थीको सुबिधा पनि आरक्षित छात्रवृत्ति पाउँने विद्यार्थी सरह बनाउने प्रक्रिया अगाड़ी बढ़ाईयेको छ। 

    ६.परिक्षालाइ थप व्यवस्थित बनाउदै परिक्षा सकिएको ३ महीना भित्रमा नतिजा प्रकाशन गर्न  परीक्षा व्यवस्थापन कार्यालयलाई आवश्यक सहयोग तथा coordination गरिनेछ। 

    ७. आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा स्मार्ट क्लास रुमको व्यवस्थापन र संचालन गर्न अभिप्रेरित गररिनेछ। 

    ८.विषय सम्बन्धित व्यवस्थित पुस्तकालय तथा  Scientific journalमा विद्यार्थि शिक्षकको पंहुचलाइ सुनश्चित गर्न पहल गर्ने । 

    ९. भारत तथा अन्य विदेशी विश्वविद्यालयसंग सहकार्य र फैकल्टी उन्नयन गर्न , सम्वन्धित कलेज तथा निकायहरुसंग सहकार्य समन्वय र अन्तरकृर्योलाई निरन्तरता दिइनेछ।
      
    माथिका उपलब्धि र कार्यप्रगति एक्लै सम्भव भएका हैनन, यी कार्यहरु गर्न उत्प्रेरणा दिने विश्वविद्यालयका उपकुलपति,  रजिस्ट्रार अन्य संकायका डीनहरू , यस संकायका  सह डीन तथा अधिकृत, आंगिक क्याम्पसका डाईरेक्टर  परिक्षा नियन्त्रक र सह नियन्त्रकको ठुलो भुमिका रहेको छ ।

    त्यसैगरी विश्व विद्यालयका बिभिन्न निकायका शिक्षक  कर्मचारी सम्बन्धनप्राप्त कलेजका शिक्षक कर्मचारी तथा विद्यार्थी संगठनहरुप्रति आभारी छु् । आशा तथा विश्वास छ यस्तो सहयोगले निरन्तरता पाउनेछ, र इञ्जिनियरिङ्ग संकायलाइ विश्वविद्यालयको एक सम्मानित संस्थाको रुपमा विकास गर्न सकिन्छ र कोशी प्रदेशको राजधानी बिराटनगरलाई इंन्जिनियरिंग शिक्षाको केन्द्रको रूपमा बिकास गर्न सकिनेछ।


    जय पुर्वाञ्चल विश्वविद्यालय ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij