काठमाडौं । काठमाडौंको सुकेधारामा पुरूषको शव फेला परेको छ। मंगलबार बिहान ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ४ सुकेधारा चोकस्थित नालामा एक पुरूष मृत फेला परेका हुन्।
खोटाङ हलेसीतुवा चुङ नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौंको चाबहिल बस्ने ४४ वर्षीय भिषण गिरीको शव फेला परेको हो ।
उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। मृतकका आफन्त पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । उनको मृत्यु कारण भन्ने खुलिसकेको छैन।