काठमाडौं । सिराहाको लहानमा मध्यराति बम पड्काएर ४ घरमा लुटपाट भएको छ। लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट गरिएको प्रहरीले जनाएको छ।
लुटेराहरूले लुटपाट गर्दा प्रतिकार गर्ने क्रममा ६ जना घाइते भएका छन्। घाइते हुनेमा जिवी ठाकुर, निरसीदेवी ठाकुर, निरञ्जन यादव, देवनारायण साह, मनिलाल यादव र योगेन्द्रलाल यादव रहेको प्रहरीले जनाएको छ ।
लुटपाट भएको ठाउँमा सुतली बमको कणहरू देखिएको प्रहरीले जनाएको छ । लुटेराहरूले गरगहना, पैसा गरी करिब ५ लाख बराबरको लुटपाट गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ।