स्रोत नखुलेको दुई करोड ३० लाख सहित चार जना पक्राउ

स्रोत नखुलेको दुई करोड ३० लाख सहित चार जना पक्राउ

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • स्रोत नखुलेको दुई करोड ३० लाख सहित चार जना पक्राउ

    काठमाडौँ । स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित काठमाडौंबाट चार जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए। ढुंगानाका अनुसार, राजस्व अनुसन्धान विभागको टोलीले व्यापारी नरेश अग्रवालको घरमा छापा मारेपछि सो रकम फेला परेको हो ।

    बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij