९८ लाख रूपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

९८ लाख रूपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

शनिवार, बैशाख २९ २०८१
शनिवार, बैशाख २९ २०८१
  • ९८ लाख रूपैयाँसहित दुई हुण्डी कारोबारी पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-५ मालिगाउँबाट स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही सियारी गाउँपालिका-७ बस्ने २८ वर्षीय समिर सुनार र २९ वर्षीय मिलन बिक रहेका छन् ।

    उक्त स्थानमा मिलन समेतका व्यक्तिहरूले हुण्डी सम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बा.१३ च ४८५८ नम्बरको गाडीबाट उक्त नगद फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij