कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द

    दमौली  । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द भएको हो । 

    सामुदायिक वनमा बेलको अभाव भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका सञ्चालक विष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनले भने, “बेल पाउन छाडियो, बेल नै नभएपछि उद्योग सञ्चालन गर्न सकिएन । एक वर्षदेखि उद्योग बन्द छ ।”

    सामुदायिक वनमा त्यसै खेर गइरहेको बेललाई सदुपयोग गर्दै उद्योग स्थापना गरी बेलको जुस उत्पादन गरेर बिक्री वितरण थालिएको थियो । श्रेष्ठका अनुसार अहिले व्यक्तिले नै सामुदायिक वनमा बेल रोपण गरेका छन् । उनले भने, “वनमा पहिला बेल त्यसै पाइन्थ्यो, अहिले बेल पाउन छाडेपछि हामी नै बेल खेतीमा लागेका छौँ ।” 

    श्रेष्ठका अनुसार आगामी असोजदेखि उद्योग सञ्चालनको तयारी गरिएको छ । पुनः सञ्चालनसँगै अदुवाको जुस उत्पादन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले भने, “बेल पाउन थालेपछि फेरि जुस उत्पादन गरी बिक्री गर्नेछौँ । उद्योग सञ्चालनमा ल्याएसँगै अदुवाको जुस पनि उत्पादन गर्ने योजना बनाएका छौँ ।”

    म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेको छवटा सामुदायिक वनका उपभोक्ता मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको थियो । २०७१ सालमा युएसएडको आर्थिक सहयोगमा केएर नेपाल, हरियो वन कार्यक्रममार्फत मेसिनरी औजार खरिदका लागि ११ लाख २८ हजार रुपैयाँ र छवटा सामुदायिक वनको ४ लाख ६० हजार रुपैयाँको संयुक्त लगानीमा उद्योग स्थापना भएको थियो ।

    सिद्ध बतासन, उमाचोक, भिरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा उक्त उद्योग स्थापना गरिएको थियो । सुरुमा सामुदायिक उद्योगको रुपमा स्थापना गरिएको उद्योगको व्यवस्थापनका लागि छवटै सामुदायिक वनका प्रतिनिधि समेटिएको ११ सदस्यीय उद्योग व्यवस्थापन समिति बनाइएको थियो । उद्योगको प्रभावकारी सञ्चालनमा निजी क्षेत्रको भूमिका हुन सक्ने कुरालाई मध्यनजर गरी २०७४ साल असोजदेखि यसको व्यवस्थापन सार्वजनिक निजी साझेदारीताको मोडलमा सञ्चालन गरिएको छ ।

    छवटै सामुदायिक वन उपभोक्ता समूहको सामूहिक निर्णयबमोजिम सिद्ध बतासन सामुदायिक वनका सदस्यसमेत रहुनभएका विष्णुकुमार श्रेष्ठसँग सम्झौता गरी उद्योग सञ्चालनको जिम्मेवारी दिइएको थियो ।

    उद्योग सञ्चालकले ३० रुपैयाँ प्रतिप्याक ९१२ बेल स्क्वाएस बोतल० र १२ रुपैयाँ प्रतिप्याक ९१२ अदुवा स्क्वाएस बोतल० का दरले उद्योगलाई उपलब्ध गराउनुपर्ने सम्झौता थियो । वनबाट सङ्कलित बेललाई सफा र ग्रेडिङ गरी कटरमा राखेर काट्ने, गुदी(भित्री फल) निकाल्ने र मिक्सचरमा पेलेर पल, बियाँ र छोक्रा छुटाएपछि, सेलाएको तातोपानीमा मिलाएर बेलको जुस तयार गर्ने गरिन्छ । 

    एक गिलास पानीमा दुई बिर्को बेलको जुस राखेर दिनको दुई पटक सेवन गर्नाले उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, कब्जियत, मधुमेह ९चिनीरोग० का साथै पाचन शक्तिसमेत बढाउने चिकित्सक बताउँछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij