काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा तारले बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको प्रहरीले जनाइएको छ ।
शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।