महिला उद्यमशीलता प्रवर्द्धन गर्न नयाँ बजेटले प्राथमिकता दिन्छ : अर्थमन्त्री पुन

महिला उद्यमशीलता प्रवर्द्धन गर्न नयाँ बजेटले प्राथमिकता दिन्छ : अर्थमन्त्री पुन

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • महिला उद्यमशीलता प्रवर्द्धन गर्न नयाँ बजेटले प्राथमिकता दिन्छ : अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्ने जानकारी दिएका छन् । आज अर्थ मन्त्रालयमा महिला उद्यमी महासङ्घका पदाधिकारीसँगको पूर्वबजेट छलफलका क्रममा उनले उद्यमशीलता प्रवर्द्धन र आन्तरिक उत्पादकत्व बढाएर मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भने । 

    आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरु ल्याइने अर्थमन्त्री पुनको भनाइ छ ।“महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु आफैँ आत्मनिर्भर बन्छन् । छोरीहरु आर्थिक रुपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ”, अर्थमन्त्री पुनले भने । 

    मुलुकको समग्र विकास र समुन्नतिका लागि महिला आर्थिक रुपमा सक्षम हुन जरुरी रहेको उनको भनाइ छ । महिलाका नाममा घरजग्गा दर्ता गर्दा शुल्क छुट दिने सरकारको नीतिका कारण अहिले धेरै महिला सम्पत्तिको मालिक भएको उनले दाबी गरे । 

    “अहिले २७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ ।  पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ ।  तर, कमै मात्र छोरीहरुको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन”, अर्थमन्त्री पुनले भने, “आगामी आर्थिक वर्षको बजेटमा हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij