मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

    काठमाडौँ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको  टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ मेत्रावती गाउँपालिका–२ भर घएका ५७ वर्षीय वीरबहादुर तामाङ रहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले जानकारी दिए।

    उनका अनुसार प्रतिवादी तामाङले एक महिलालाई ब्रुनाई पठाइदिने भनि झुक्याई २०४७ साल चैत्र ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बङगालको बागडोग्रामा पु¥याई भारतीय नागरिकलाई बेचेका थिए । निजलाई ब्युरोबाट खटिएको टोलीले यही माघ ३ गते ललितपुरबाट पक्राउ गरेको हो ।

     पीडितको श्रीमान रोजगारीका सिलसिलामा बु्रनाईमा रहेको समयमा तामाङले तिम्रो श्रीमानले तिमीलाई ब्रुनाई ल्याइदिनु भनि मलाई चिठ्ठी पठाएका छन् भनि झुक्याएर भारत लगी १० हजार भारुमा बेचबिखन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij