ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

    चितवन । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो । 

    अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij