गुल्मीकी मनिषाले गरिन एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

गुल्मीकी मनिषाले गरिन एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • गुल्मीकी मनिषाले गरिन एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

    गुल्मी ।  गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले एकवर्षभित्रमा लोकसेवा आयोगका पाँच परिक्षा उत्तिर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले आयोगले लिएको विभिन्न पदका पाँच परीक्षा उत्तीर्ण गरेकी हुन् । 

    उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् । 

    सानैदेखि  नर्सिङ विषय पढ्ने रहर थियो  ।  छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँकी जिसी  परिश्रमका कारण आफूलाई सफलता मिलेको बताउछिन् । एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएकोे बताउँदै जिसीले स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्नु भन्दा यहि थोरै मेहनत गरेर लाग्ने बताइन । 

     मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा स्टाफ नर्स उत्तीर्ण गरेकी उनले त्यसपछि करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरेकी थिइन । हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij