न्यायाधीश गिरीकी पत्नी आरती सर्वोच्च अदालतको गेटबाट पक्राउ

न्यायाधीश गिरीकी पत्नी आरती सर्वोच्च अदालतको गेटबाट पक्राउ

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • न्यायाधीश गिरीकी पत्नी आरती सर्वोच्च अदालतको गेटबाट पक्राउ

    काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई प्रहरीले गेटबाट पक्राउ गरेको हो ।

    काठमाडौंको सामाखुशी घर भएकी ३९ वर्षीया रावलले गएको शुक्रबार सर्वोच्चको गेट अगाडि आत्मदाहको कोसिस गरेकी थिइन् । उनले आफूलाई पतिले जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

    यो मुद्दामा काठमाडौं जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा उनले आत्मदाह कोसिस गरेकी हुन् । न्यायाधीश गिरीलाई थुनामा राखी कानुनी कारबाही गर्नुपर्ने उनको माग छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij