लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा आज हुरीबतास आउँने चेतावनी

लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा आज हुरीबतास आउँने चेतावनी

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • लुम्बिनी र सुदूरपश्चिम क्षेत्रमा आज हुरीबतास आउँने चेतावनी

    काठमाडौँ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि क्षेत्रमा आज हुरीबतास आउँने चेतावनी दिइएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने जनाएको छ ।

    बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको बिभागले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भेगमा मौसम सफा रहने छ ।

    कोशी प्रदेशका पहाडै क्षेत्रका एक–दुई स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

    त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । 

    महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij