मोइन अलीको अर्धशतकमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

मोइन अलीको अर्धशतकमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • मोइन अलीको अर्धशतकमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो ।

    काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको जितमा इंग्लिस अलराउन्डर मोइन अलीले अर्धशतकीय पारी खेले । उनले ५८ रन बनाए । सैफ हसनले ४० रनको योगदान दिए भने मयन यादव ९ रनमा अविजित रहे । काठमाडौंका रिपन मण्डलले १ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो । काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे ।

    काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । सैफ हसनले २ विकेट लिँदा कप्तान हर्मित सिंह, मोइन अली र ललित राजवंशीले समान १ विकेट हात पारे ।

    यो जनकपुरको दोस्रो खेलमा पहिलो जित हो । यसअघि जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । पहिलो खेल खेलेको काठमाडौंले भने प्रतियोगिताको सुरुवात हारबाट गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij