महिला रबर स्टाम्प जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन सकेन– उपसभामुख राना

महिला रबर स्टाम्प जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन सकेन– उपसभामुख राना

मंगलवार, माघ २ २०८०
मंगलवार, माघ २ २०८०
  • महिला रबर स्टाम्प जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन सकेन– उपसभामुख राना

    उदयपुर । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्ने बताएकी छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा आयोजित माघे सङ्क्रान्ति विशेष कार्यक्रमलाइ सम्बोधन गर्दै उपसभामुख रानाले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताइन् ।


     नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख हतिथिका रुपमा बोल्दै रानाले संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गरिए पनि महिलाहरु रबर स्टाम्प जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको बताइन ।  उनले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैँले लडेर ल्याउनुपर्नेमा रानाको जोड थियो । संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै बर्ग सबै समुदाय एक भएर लड्नुपर्ने उपसभामुख रानाको भनाई थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij