दुई दिनमै ४९ सय मेट्रिक टन एलपी ग्यास आयात, बजारमा भने अभाव कायमै

दुई दिनमै ४९ सय मेट्रिक टन एलपी ग्यास आयात, बजारमा भने अभाव कायमै

शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • दुई दिनमै ४९ सय मेट्रिक टन एलपी ग्यास आयात, बजारमा भने अभाव कायमै

    काठमाडौं । नेपालमा एलपी ग्यासको आपूर्ति सहज बनाउन भारतबाट ठूलो परिमाणमा ग्यास भित्रिए पनि बजारमा उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन सकेका छैनन् ।

    नेपाल आयल निगमको तथ्यांकअनुसार भदौ २५ र २६ गते गरी दुई दिनमा विभिन्न नाकाबाट ४ हजार ९ सय ०.२ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । यो परिमाण करिब ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबर हो ।

    भदौ २५ गते मात्रै ३ हजार ७७.९ मेट्रिक टन अर्थात् करिब २ लाख १६ हजार ७५४ सिलिन्डर ग्यास आयात भएको थियो । त्यसको भोलिपल्ट भदौ २६ गते १ हजार ८२२.३ मेट्रिक टन अर्थात् करिब १ लाख २८ हजार ३३२ सिलिन्डर ग्यास नेपाल भित्रिएको निगमको विवरणमा उल्लेख छ ।

    दुई दिनको आयातमध्ये सबैभन्दा ठूलो हिस्सा वीरगन्ज नाकाको रहेको छ । वीरगन्जबाट मात्रै २ हजार ९२६.११ मेट्रिक टन ग्यास आयात भएको छ ।

    यस्तै, भैरहवा नाकाबाट ७०२.५९ मेट्रिक टन, विराटनगरबाट ६५१.६३ मेट्रिक टन, नेपालगन्जबाट ५३०.८३ मेट्रिक टन र मेची नाकाबाट ८९.०४ मेट्रिक टन ग्यास भित्रिएको छ । धनगढी नाकाबाट भने ग्यास आयात भएको छैन । निगमको विवरणमा धनगढीमा मालवाहक गाडी प्रवेश नगरेको उल्लेख छ ।

    निगमले विभिन्न नाकाबाट भइरहेको आयातले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन सहयोग पुग्ने जनाएको छ । तर, ग्यासको आयात बढे पनि उपभोक्ताले भने अभावको सामना गरिरहेका छन् ।

    बजारमा सिलिन्डरको अभावसँगै ग्यास लिन आवश्यक कुपनसमेत पाउन कठिन भएको उपभोक्ताहरूको गुनासो छ । आयात भएको ठूलो परिमाणको ग्यास बजारसम्म पुगेर उपभोक्ताले सहज रूपमा पाउने अवस्था कहिले बन्छ भन्नेमा भने अझै प्रश्न कायमै छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij