गुडिरहेको इभीमा आगलागी, चालकको जलेर मृत्यु

गुडिरहेको इभीमा आगलागी, चालकको जलेर मृत्यु

शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • गुडिरहेको इभीमा आगलागी, चालकको जलेर मृत्यु

    चितवन, २६ भदौ । चितवनको भरतपुरमा विद्युतीय कार ‘इभी मा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । आगलागीमा कार पूर्णरूपमा जलेर नष्ट भएको छ भने मृतकको पहिचान खुल्न सकेको छैन ।

    भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगो लागेको हो ।

    आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा चालकको शरीर पूर्णरूपमा जलेकाले तत्काल सनाखत हुन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । आगलागीको कारणसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij