देशभर मनसुनी वायुको प्रभाव, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देशभर मनसुनी वायुको प्रभाव, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • देशभर मनसुनी वायुको प्रभाव, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ ।

    महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ । मधेससहित बागमती र गण्डकीका तराई भूभागका धेरै स्थानमा, कोशी र लुम्बिनीका केही स्थानमा तथा सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

    भारी वर्षाको सम्भावना भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेसका विभिन्न भूभागमा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र तथा मधेससहित बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

    आज राति पनि देशभर सामान्य बदली रहनेछ । हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा पहाडी क्षेत्रका केही र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij