प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

शनिवार, भाद्र ६ २०८३
शनिवार, भाद्र ६ २०८३
  • प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (जनपद) पदको खुला प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारहरूको सूची प्रकाशन गर्दै नियुक्ति र सम्पर्कका लागि बोलाएको हो।

    नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २०८२ मङ्सिर २६ गते प्रकाशित विज्ञापनअनुसार सञ्चालन गरेको सक्षमता परीक्षण तथा अन्तर्वार्तामा सहभागी उम्मेदवारहरूमध्ये योग्यताक्रमानुसार अन्तिम नतिजा प्रकाशन गरिएको जनाएको छ।

    अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरूलाई आवश्यक कागजातसहित उपस्थित हुन सूचित गरिएको छ।

    उम्मेदवारहरूले प्रवेशपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा ती प्रमाणपत्रका दुई–दुई प्रति प्रतिलिपि र पासपोर्ट साइजको चार प्रति फोटो साथमा ल्याउनुपर्नेछ।

    उनीहरूलाई भदौ १५ गते सोमबार बिहान १० बजे नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखा, नक्साल, काठमाडौंमा उपस्थित हुन भनिएको छ।

    1

    2

    3

    4

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij