पहिरोले बेनी जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

पहिरोले बेनी जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

शनिवार, भाद्र ६ २०८३
शनिवार, भाद्र ६ २०८३
  • पहिरोले बेनी जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

    म्याग्दी । लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान करिब ०५:२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरस्थित सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    यस्तै बेनी-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीकै रघुगंगा गा.पा.०२ बैसेरी स्थितमा पनि बिहान करिब ०५:३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij