इनारमा खसेकी महिलाको उद्धार, पाटनमा उपचार हुंदै

इनारमा खसेकी महिलाको उद्धार, पाटनमा उपचार हुंदै

सोमवार, माघ १ २०८०
सोमवार, माघ १ २०८०
  • इनारमा खसेकी महिलाको उद्धार, पाटनमा उपचार हुंदै

    काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी एक महिलाको उद्धार गरिएको छ । दोलखा घर भई महालक्ष्मी नगरपालिकास्थित इमाडोलको कृष्णमन्दिर नजिकै बस्ने २८ वर्षीया न्यूतन प्रधान सोमबार बिहान लुगा सुकाउँने क्रममा इनारमा खसेकी थिइन् ।

    उनलाई करिब साढे दुई घण्टाको प्रयासमा उद्धार गरिएको हो । 
    उनको पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ । नेपाल प्रहरीको विपत् व्यवस्थापन सामाखुसीको टोलीले उनको उद्धार गरेको बताइएको छ । कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढेको बेला स्ल्याब फुटेर उनी इनारमा खसेको स्थानीयले बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij