प्युठान । प्युठानमा आज एकै समय बाढीले बगाएर ल्याएको पाँच जनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिकाका विभिन्न खोला किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको हो ।
प्रहरीका अनुसार, बिहीबार बिहान करिब ७स्३० बजे स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानका खोला किनारमा नाम थर, वतन नखुलेका ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। स्वर्गद्वारी नगरपालिका ९ जुडापाटा माडी खोलामा १२र१३ वर्षका बालकको बेबारिसे अवस्थामा शव फेला परेको जनाइएको छ।
त्यसैगरी स्वर्गद्वारी नगरपालिका ३ किमिचौरस्थित माडी खोलाको किनारमा नाम थर, वतन नखुलेको कम्मर भन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ ।
स्वर्गद्वारी नगरपालिका ४ गोठीबाङस्थित माडी खोला किनारमा नाम थर, वतन नखुलेको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी स्वर्गद्वारी नगरपालिका ५ सरोजास्थित लुङग्री खोलाको किनारमा बायाँ खुट्टाको घुँडा देखि तल नभएको महिलाको शव फेला परेको छ। लुङ्ग्री खोलामै नाम, थर र वतन नखुलेकी अर्की महिलाको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
ती शवहरूको पहिचान तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ती शव गएराति रोप्पाको थबाङमा गएको पहिरोमा बेपत्ता भएकाहरूको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले पनि रोल्पा पहिरामा परकाकै हुनसक्ने जनाएको छ ।