विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

    काठमाडौँ । वैशाख १ देखि साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार  ती घटनामा  परेर  एक सय ९३ जनाको मृत्यु भएको छ । 

     ती घट्नामा परेर तीन जना बेपत्ता भएका छन्भने एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना भएका छन् । 

    त्यसैगरी सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij