प्रेस युनियनको महाधिवेशनको मिति तय, असोज १७–१८ मा नयाँ नेतृत्वका लागि चुनाव

प्रेस युनियनको महाधिवेशनको मिति तय, असोज १७–१८ मा नयाँ नेतृत्वका लागि चुनाव

मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • प्रेस युनियनको महाधिवेशनको मिति तय, असोज १७–१८ मा नयाँ नेतृत्वका लागि चुनाव

    काठमाडौं । नेपाल प्रेस युनियनले संगठनको जिल्ला शाखा अधिवेशन आगामी साउन २५ गतेदेखि भदौ २५ गतेसम्म सम्पन्न गर्ने तथा केन्द्रीय महाधिवेशन असोज १७ र १८ गते आयोजना गर्ने निर्णय गरेको छ ।

    काठमाडौंमा मंगलबार बसेको युनियनको केन्द्रीय समितिको बैठकले संगठनको अधिवेशन कार्यतालिका तय गर्दै सबै तहका अधिवेशन निर्धारित समयभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

    युनियनका अध्यक्ष शिव लम्सालका अनुसार जिल्ला शाखा अधिवेशनलाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्न आवश्यक तयारी, सदस्यता व्यवस्थापन, संगठनात्मक समन्वय तथा निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउन जिल्ला र प्रदेश समितिलाई निर्देशन दिइएको छ ।

    बैठकले केन्द्रीय महाधिवेशनलाई भव्य, व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन, जिम्मेवारी बाँडफाँट तथा आवश्यक व्यवस्थापकीय तयारीलाई तीव्रता दिने निर्णय पनि गरेको अध्यक्ष लम्सालले जानकारी दिए ।

    दुईदिने केन्द्रीय महाधिवेशनबाट नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयन गरिनेछ । साथै, पत्रकारितासम्बन्धी समसामयिक विषय, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका हकहित, संगठन सुदृढीकरण तथा भावी कार्यदिशाबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

    नेपाल प्रेस युनियनले महाधिवेशनलाई सफल बनाउन देशभरका जिल्ला तथा प्रदेश समितिलाई आवश्यक समन्वय गर्दै सक्रिय रूपमा तयारीमा जुट्न आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij