देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

    काठमाडौं । आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएको छ ।  साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा चिकित्सकहरू आन्दोलित भएका हुन्।

    चिकित्सकहरू आन्दोलित बनेसँगै सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएका हुन् ।
    नेपाल चिकित्सक संघले सो घटनाको विरोधमा अस्पतालमा सेवा बन्द गरिएको विज्ञप्तिमार्फत जनाएको छ । नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि हातपात गर्दा त्यहाँ कार्यरत डा प्रमोद रामको टाउकोमा चोट लागेको छ । उक्त घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग संघले गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij