लमजुङ । लमजुङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा स्थानीय विष्णु दत्त सुवेदीको २ तले धन्सार पहिरोले पुरिएर २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराकी टिक बहादुर विक र उनकी कान्छी छोरी विनीता विक रहेका छन् । पहिरोमा परी घाइते भएका ४ जनामध्ये २ जनाको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
धन्सार भत्किँदा उनीहरू सहित ४ जना घाइते भएका थिए । घाइतेमध्ये आमा सुक कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखरा स्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।