बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक

    काठमाडौँ । बाल साहित्य सम्बन्धी सातवटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् । हामी दाजुभाई,  ब्रिटिश काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आज राजधानीमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमालगायतले बाल कथा सङ्ग्रह सार्वजनिक गरेका हुन् ।  

    सो अवसरमा शान्ति सापकोटाको ‘मितिनी’, सन्जोग ठकुरीको ‘ममीघर’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, सुशीला तामाङको ‘आइतीको बिहे’, अस्मिता बादीको ‘हैतमाको हिम्मत’, बिना थिङको ‘नामको कथा’ र सङ्गीता उराँवको ‘सुर्जीको उज्यालो’ गरी सातवटा कथा सङ्ग्रह सार्वजनिक गरिएका थिए । कार्यक्रममा शिक्षाविद् माथेमाले लामा वाक्यका पुस्तक पनि बालबालिकालाई पढाएर बौद्धिक क्षमता विकासमा सहयोग गर्नुपर्ने बताए । 

    जसले पढ्छ, उसको ज्ञानको क्षितिज फराकिलो हुने भएकाले त्यसतर्फ बालबालिकालाई अग्रसर गराउनुपर्नेमा माथेमाको जोड थियो । कार्यक्रममा बाल साहित्यकार प्रमोद प्रधानले हिमाल, तराइ र पश्चिमी नेपालको कथा बाल साहित्यमा कम लेखिएको बताए । 

    425aae48-8ea4-45a3-bc51-9cc9d6361d3a.jfif

    कार्यक्रममा प्रा डा तारानिधि भट्टराई, केन्द्रका अध्यक्ष अनन्त वाग्ले, स्रष्टा गङ्गा कर्माचार्य पौडेल, कलाकार अनामिका गौतम, सामाजिक अभियानकर्मी गौरी नेपाली, ब्रिटिश काउन्सिलका युक्ता खड्का आचार्य प्रकाशित कृतिका बारेमा बोलेका थिए । त्यसैगरी सार्वजनिक समारोहमा विद्यालय तहका बालिकाद्वय सरला आचार्य र प्रिया थापालगायतले बाल साहित्यमा कथा विधाको अवस्थाका बारेमा प्रकाश पारेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij