बागमती प्रदेशमा एमालेका छ जना मन्त्रीले आज संयुक्त राजीनामा बुझाउँने

बागमती प्रदेशमा एमालेका छ जना मन्त्रीले आज संयुक्त राजीनामा बुझाउँने

बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • बागमती प्रदेशमा एमालेका छ जना मन्त्रीले आज संयुक्त राजीनामा बुझाउँने

    भक्तपुर । बागमती प्रदेशमा नेकपा एमाले सरकारबाट सरकारमा सहभागि भएका छ जना मन्त्रीले आज राजीनामा बुझाउँने भएका छन् । निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरका अनुसार, सबै मन्त्रीले बुधवार बिहान १० वजे मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाउँन लागेका हुन्।

    नेपाली कांग्रेस र नेकपा एमालेबीच दुरी बढेपछि कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिन लागेको हो । हाल बागमती सरकारमा एमालेका छ जना मन्त्री छन्। जसमा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा रहेका छन्। 

    प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरेपछि यसअघिका स्वास्स्थ मन्त्री किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसी साउन १ गतेदेखि विनाविभागीय बनेका थिए। एमालेले राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । 

    सबै प्रदेशमा नयाँ सत्ता गठबन्धन गर्न नेकपा एमाले र नेकपा सहमति नजिक पुगिसकेका छन् । यधपी कुन प्रदेशमा कसले नेतृत्व गर्ने र अर्को दलले कुन कुन मन्त्रायल लिने भन्ने टुंगो लाग्न बाँकी रहेको  निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरले बताए ।  

    bagmati.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij