मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम

मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम

शनिवार, श्रावण २ २०८३
शनिवार, श्रावण २ २०८३
  • मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम

    काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका  विनोद पराजुलीले आज राति र भोलि काठमाडौं उपत्यकामा वर्षासँगै  यहाँका  नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेका छन् ।  

    उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गरेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij