पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
    काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विहीबार पौडेलसहित छ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो । 
     
    व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ । 
     
    पूर्वअर्थमन्त्री पौडेलमाथि रु २० करोड ९० लाख बिगो मागदाबी गरिएको छ ।  साथै विभागले उनको बैंक खातामा रहेको रु छ लाख ३४ हजार जफत गर्नसमेत माग दाबी गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij