भारतीय वायुसेनाको विमान दुर्घटना : पाइलटसहित ५ जनाको ज्यान गयो

भारतीय वायुसेनाको विमान दुर्घटना : पाइलटसहित ५ जनाको ज्यान गयो

शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • भारतीय वायुसेनाको विमान दुर्घटना : पाइलटसहित ५ जनाको ज्यान गयो

    काठमाडौं । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलटसहित ५ जनाको ज्यान गएको छ । बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको ज्यान गएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

    एकजना सह–पाइलट घाइते भएका छन्। भारतीय वायुसेनाले एक्समा लेख्दै एन–३२ विमान दुर्घटनामा भएको पाँच जना कर्मचारीको मृत्युमा समवेदना व्यक्त गरेको छ ।

    विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि दुईटुक्रा भएर आगलागी पनि भएको थियो । भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गरिँदै आएको विमान नियमित उडानका क्रममा दुर्घटनामा परेको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij