थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने
    मनाङ । भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ । 
     
    बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे। 
     
    अस्पताल भवन निर्माणका निम्ति छ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए। भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ । 
     
    भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij