चाँगुनारायण–१ मा सार्वजनिक सुनुवाइ तथा विकास निर्माण प्रगति समीक्षा सम्पन्न

चाँगुनारायण–१ मा सार्वजनिक सुनुवाइ तथा विकास निर्माण प्रगति समीक्षा सम्पन्न

बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • चाँगुनारायण–१ मा सार्वजनिक सुनुवाइ तथा विकास निर्माण प्रगति समीक्षा सम्पन्न

    भक्तपुर । चाँगुनारायण नगरपालिका–१ मा सार्वजनिक सुनुवाइ तथा विकास निर्माण प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजनामा वडा कार्यालय भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा वडा सचिव पशुपति गैडाले कार्यालयको वस्तुस्थिति, वडाको कार्यक्षेत्र तथा हालसम्म सम्पन्न भएका कार्यहरूको बारेमा जानकारी गराएका थिए । त्यसलगत्तै वडाध्यक्ष सिजन कार्कीले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धतामध्ये करिब ७० देखि ७५ प्रतिशत कार्य पूरा भएको दाबी गरे ।

    उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, महिला तथा युवा सशक्तीकरण र सामाजिक क्षेत्रमा जनमैत्री कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै आगामी वर्ष थप सहरी स्वास्थ्य केन्द्र स्थापना गरिने जानकारी दिए ।

    680241187_1305911211076786_7094654892783335510_n.jpg

    कार्यक्रममा सहभागी स्थानीयवासीहरूले अघिल्लो नेतृत्वले अधुरा छाडेका योजनालाई पूर्णता दिनुपर्ने, प्रत्येक ६र६ महिनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने तथा शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई जनताको पहुँचसम्म विस्तार गर्नुपर्ने माग राखेका थिए ।

    स्थानीयले चाँगुनारायण सामुदायिक विद्यालय लाई नमुना विद्यालयका रूपमा विकास गर्नुपर्ने, विद्यालय व्यवस्थापन समिति तत्काल गठन गर्नुपर्ने, शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने तथा खानेपानी, सडक, नाली, सडकबत्ती र सार्वजनिक यातायातको समस्या समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।

    त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने एसइई विद्यार्थीलाई सम्मान गर्नुपर्ने, स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, वृद्धभत्ता वडाबाटै वितरण गर्नुपर्ने, विपद् व्यवस्थापन सामग्री समयमै उपलब्ध गराउनुपर्ने, डिजिटल सेवा सुरु गर्नुपर्ने तथा पार्क र खुला क्षेत्रको संरक्षण तथा विस्तार गर्नुपर्ने माग पनि उठाइएको थियो ।

    673407635_1607210680348420_3838907110476679659_n.jpg

    सहभागीहरूले महिला तथा लक्षित वर्गका कार्यक्रमलाई प्रविधिमैत्री बनाउनुपर्ने, फोहोर व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने, खानेपानीलाई प्रशोधन गरेर मात्र वितरण गर्नुपर्ने तथा सार्वजनिक जग्गा संरक्षणमा ध्यान दिनुपर्नेमा समेत जोड दिएका थिए ।

    उठेका प्रश्न तथा सुझावको जवाफ दिँदै वडाध्यक्ष कार्कीले चाँगुनारायण माविको व्यवस्थापन समिति आगामी १५ दिनभित्र गठन गरिने बताए । उनले भौतिक पूर्वाधार तथा सडक निर्माणलाई व्यवस्थित र परिणाममुखी बनाउन खोज्दा केही ढिलाइ भएको उल्लेख गरे ।


    उनले अत्यधिक महँगीका कारण निर्माण कार्य प्रभावित भएको भन्दै सडकबत्ती नियमित सञ्चालनका लागि काम भइरहेको बताए । विद्युत प्राधिकरणलाई भुक्तानी ढिलाइ हुँदा केही समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

    कार्कीले सामाजिक सुरक्षा भत्ता डिजिटल प्रणालीमार्फत वितरण हुँदा बैंकमा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै नागरिकलाई सहज हुने विकल्पका लागि पहल गरिने बताए । साथै आगामी दिनमा सार्वजनिक यातायात सञ्चालनमा ल्याइने जानकारी दिए ।

    सुरक्षाको विषयमा वडाका ८ वटा नाकामा सीसी क्यामेरामार्फत निगरानी भइरहेको जनाउँदै उनले महिला तथा युवा लक्षित कार्यक्रमलाई नयाँ पुस्तासँग समन्वय गरेर आधुनिक र प्रविधिमैत्री बनाइने बताए । डिजिटल तालिम सञ्चालनको तयारी भइरहेको उनको भनाइ थियो ।


    वडाध्यक्ष कार्कीले वडा चक्रपथ र सडक सञ्जाल विस्तारले यातायात समस्या समाधानमा सहयोग पुग्ने उल्लेख गर्दै तीन करोड रुपैयाँ बराबरको खानेपानी आयोजना तथा सात करोड रुपैयाँका अन्य पूर्वाधार निर्माण कार्य अघि बढिरहेको जानकारी दिए । उनले पहिरो नियन्त्रण र कृषि आधुनिकीकरणअन्तर्गत ४९ वटा ट्याक्टर वितरण गरिएको पनि बताए । लक्षित वर्गको कार्यक्रमका लागि अबबाट नयाँ पुस्तासँग समन्वय गरेर योजना बनाउनेसमेत उनले प्रतिबद्धता जनाए ।

    e2329a7c-5c41-4301-a545-345e6787330b.jfif


    कार्यक्रममा शान्ति सुरक्षाको विषयमा बोल्दै प्रहरी सहायक निरीक्षक गंगाप्रसाद दाहाल ले जनशक्ति अभावका कारण अपेक्षाअनुसार सुरक्षा व्यवस्थापन गर्न कठिन भएको बताए । उनले सीसी क्यामेरा प्रणाली थप व्यवस्थित गर्नुपर्ने तथा प्रहरीका लागि स्थायी संरचना निर्माण गरिदिन वडासँग आग्रह गरे ।

    c63b4a31-4ece-4916-a2c5-168aec085483.jfif

    राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज ढकालले गरेका थिए भने संस्थाका सल्लाहकार दिवस गुरागाईंले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

    0d898297-15a4-498b-bcde-4bfe6ee273af.jfif


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij