सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न दलहरुको आग्रह

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न दलहरुको आग्रह

बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न दलहरुको आग्रह

    काठमाडौँ ।  विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।
     
    प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको बैठकले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्नेसम्बन्धी अध्यादेश फिर्ता लिई सदनमा पेस गर्न आग्रह गर्ने निर्णय गरेको  कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले जानकारी दिए । 
     
    बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामा सहभागी थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij