भारी बर्षापछि बिपी राजमार्ग फेरि बन्द

भारी बर्षापछि बिपी राजमार्ग फेरि बन्द

बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • भारी बर्षापछि बिपी राजमार्ग फेरि बन्द

    काठमाडौं । बिपी राजमार्ग फेरि अवरुद्घ भएको छ । गएराती परेको भारी बर्षाका कारण राजमार्गमा  सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो । 

    काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले सम्भावित दुर्घटना जोखिम टार्न  राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । मौसममा सुधारपछि मात्रै राजमार्ग सञ्चालन हने प्रहरीले जनाएको छ । 

    बाढीले डाइभर्सन बगाएपछि तीन दिन अवरुद्ध भएको सो राजमार्ग दुई दिनअघि मात्र सञ्चालनमा आएको थियोे । प्रहरीले  १०० र १०३ मा सम्पर्क गरेर मात्रै सो सडकमा यात्रा गर्न अनुरोध गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij