तीव्र गतिको हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

तीव्र गतिको हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

बुधवार, बैशाख १६ २०८३
बुधवार, बैशाख १६ २०८३
  • तीव्र गतिको हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

    काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

    प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सर्तकर्ता अपनाउन अनुरोध गरेको हो ।  

    जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने विवरण उपलब्ध गराएको प्राधिकरणले उल्लेख गरेको छ ।

    विभागका अनुसार उक्त स्थानमा बुधबार साँझ ५ः४५ बजेदेखि हुरी सुरु भई बिहीबार बिहान ७ः४५ बजेसम्म रहने अनुमान छ । त्यसैगरी, मेघगर्जन र चट्याङ र हावाहुरी र असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना छ ।

    तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहन्छ । प्राधिकरणले यी स्थानमा रहने वा उक्त समयावधिमा त्यहाँ जाने सबैले सावधानी अपनाउन अनुरोध गरेको छ ।

    हावाहुरी चलेको बेला घरबाहिर हिँडडुल नगर्ने, घरको झ्यालढोका राम्रोसँग बन्द गर्न प्राधिकरणले सुझाएको छ । यस्तै, जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउन पनि भनेको छ । घरबाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्ने र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह गरिएको छ ।

    उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम हुने भएकाले चनाखो रहने तथा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र यस प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन प्राधिकरणले उल्लेख गरेको छ । 

    9e83109d-7a39-414d-8bb7-84283613103b.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij