बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बीपी राजमार्ग खुल्न समय लाग्ने

बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बीपी राजमार्ग खुल्न समय लाग्ने

आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बीपी राजमार्ग खुल्न समय लाग्ने

    काभ्रेपलाञ्चोक । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बीपी राजमार्ग खुल्न समय लाग्ने भएको छ । रोशी खोलाको बाढीले  डाइभर्सन बगाएपछि शनिबार अपरान्ह चार बजेबाट बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । 

    बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । 

    यसैगरी नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन बगाएको जनाइएको छ । 

    सडक अवरुद्ध हुंदा काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सयौं सवारी साधन शनिबारदेखिनै रोकिएका थिए । आइतबार बिहानबाट बर्षा हुन थालेपछि सडकमा रोकिएका सवारी साधनहरुलाई सुरक्षित स्थानमा पठाइसकिएको प्रहरीले जनाएको छ । 

    मंगलटार क्षेत्रमा रोकिएका यात्रीलाई पनि वैकल्पिक मार्ग प्रयोग गरेर पठाउन थालिएको छ । प्रहरीले मौसममा सुधार आई सडक सुरक्षित भएको सुनिश्चित भएपछि मात्र सवारी साधन सञ्चालन गरिने जनाएको छ । बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वी पहाड र तराईतर्फ जाने तथा राजधानी भित्रिने हजारौं यात्रु अलपत्र परेका छन् । 

    २०८१ असोज दोस्रो साताको भीषण बाढीले बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्म करिब २६ किलोमिटर सडक खण्ड बगाएपछि अस्थायी रूपमा रूपमा रोशी खोला किनारमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ । त्यो पनि बाढीले बगाउँदा पटक(पटक यातायात अवरुद्ध हुदै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij