विपद्जन्य घटनामा परेर १२ दिनमै २३ जनाको मृत्युु

विपद्जन्य घटनामा परेर १२ दिनमै २३ जनाको मृत्युु

आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • विपद्जन्य घटनामा परेर १२ दिनमै २३ जनाको मृत्युु

    काठमाडौँ । विपद्जन्य घटनामा परेर नयाँ बर्षयताका १२ दिनमै २३ जनाको ज्यान गएको छ ।
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १२ गतेसम्म भएका ४२२ वटा विपद्का घटनामा परेर थप ७३ जना घाइते भएका छन् । 

    प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, विपद्जन्य घटनामा परेर ५२७ परिवार प्रभावित भएका छन् । महतका अनुसार सबैभन्दा बढी आगलागीमा परेर सात जनाको ज्यान गएको छ । 

    त्यसैगरी चट्याङबाट चार, हावाहुरीका कारण चार, लेक लागेर दुई, डुंगा पल्टिँदा दुई जनाको मृत्यु भएको प्रधिकरणले जनाएको छ । यस्तै वन डढेलोबाट एक, सर्प दंशबाट एक, जनावरको आक्रमणबाट एक र पहिरोबाट एक जनाको मृत्यु भएको छ । 

    सबैभन्दा बढी आगलागीबाट थप २४ जना घाइते भएका छन् ।हुनेमा सर्प दंशबाट १९ र जनावरको आक्रमणबाट १३ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।विपद्जन्य घटनामा परेर १२ दिनमै २३ जनाको मृत्युु ७३ घाईते

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij