काठमाडौं । काठमाडौं उपत्यकाको जडिबुटी क्षेत्रमा अतिक्रमित भूमि खाली गराउने अभियानका क्रममा शनिबार झडप भएको छ । भक्तपुरतर्फको क्षेत्रमा डोजर प्रयोग गरी संरचना भत्काउन थालेपछि स्थानीयले विरोध जनाउँदै ढुंगामुढा गरेका हुन् ।
स्थानीयको ढुंगामुढा प्रहारपछि सुरक्षाकर्मी र प्राविधिक टोली लक्षित भएका थिए, जसका कारण केही समय अवस्था तनावपूर्ण बनेको थियो । परिस्थिति असहज बनेपछि भवन भत्काउने कार्य तत्कालका लागि रोकिएको छ ।
चारैतिरबाट ढुंगामुढा हुन थालेपछि सशस्त्र प्रहरी बल (एपीएफ) ले आजका लागि अभियान स्थगित गरेको जनाएको छ । त्यसपछि सुरक्षा टोली विस्तारै पछाडि हटेको छ ।