थापाथली–गैरीगाउँबाट हटाइएका ६८ परिवार महानगर सम्पर्कमा, अस्थायी आवासको व्यवस्था शुरू

थापाथली–गैरीगाउँबाट हटाइएका ६८ परिवार महानगर सम्पर्कमा, अस्थायी आवासको व्यवस्था शुरू

शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • थापाथली–गैरीगाउँबाट हटाइएका ६८ परिवार महानगर सम्पर्कमा, अस्थायी आवासको व्यवस्था शुरू

    काठमाडौं । नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानसँगै विस्थापित भएका ६८ परिवार व्यवस्थापनका लागि महानगरपालिकाको सम्पर्कमा आएका छन्। थापाथली, गैरीगाउँ र सिनामंगल क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि घरबारविहीन बनेका ती परिवारहरू अहिले दर्ता प्रक्रियामा समेटिएका हुन् ।

    महानगरले सम्पर्कमा आएका परिवारलाई अस्थायी सेल्टरमा स्थानान्तरण गर्ने काम अघि बढाएको छ । प्रारम्भिक रूपमा उनीहरूलाई दशरथ रङ्गशालामा राखेर विवरण सङ्कलन भइरहेको छ भने केहीलाई अस्थायी रूपमा होटलमा समेत व्यवस्थापन गरिएको छ ।

    महानगर प्रहरीका अनुसार थापाथली र गैरीगाउँमा कारबाही सकिएपछि अब अभियान मनोहरा र जडीबुटी क्षेत्रतर्फ केन्द्रित गरिनेछ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार उपत्यकाका विभिन्न क्षेत्रमा गरी ८७१ अनधिकृत घरधुरी रहेका छन्, जसमा शान्तिनगरमा सबैभन्दा बढी ४७६ घरधुरी छन् ।

    यसैबीच, सरकारका तर्फबाट वास्तविक सुकुम्बासीको पहिचान प्रक्रिया भोलिबाट सुरु गरिने बताइएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहका अनुसार पहिचानपछि योग्य ठहरिएका परिवारलाई दुई हप्ताभित्र नागार्जुन नगरपालिका–१ मा रहेको सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij