भैरहवामा फोहोर सङ्कट गहिरिँदै, वैकल्पिक व्यवस्थापन खोज्दै नगरपालिका

भैरहवामा फोहोर सङ्कट गहिरिँदै, वैकल्पिक व्यवस्थापन खोज्दै नगरपालिका

शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • भैरहवामा फोहोर सङ्कट गहिरिँदै, वैकल्पिक व्यवस्थापन खोज्दै नगरपालिका

    भैरहवा । सिद्धार्थनगर नगरपालिकामा फोहोर व्यवस्थापन सङ्कट गहिरिँदै गएको छ । पछिल्लो एक हप्तादेखि फोहोर संकलन हुन नसक्दा नगरका सडक, चोक र भित्री गल्लीहरूमा फोहोर थुप्रिन थालेको छ ।

    सर्वोच्च अदालतले वैशाख ४ गते डन्डा नदी किनारमा फोहोर फाल्न रोक लगाएपछि नगरपालिकाले फोहोर व्यवस्थापनमा चुनौती सामना गर्नुपरेको हो । यसअघि नगरले वर्षौंदेखि सोही क्षेत्रमा फोहोर विसर्जन गर्दै आएको थियो ।

    नगरपालिकाभित्र दैनिक १५ देखि २० टनसम्म फोहोर उत्पादन हुने गरेको छ । तर, वैकल्पिक डम्पिङ साइट अभावका कारण संकलित फोहोर व्यवस्थापन हुन नसक्दा अहिले सार्वजनिक स्थलहरू नै फोहोर थुपार्ने ठाउँजस्तो देखिन थालेका छन् ।

    फोहोर थुप्रिँदा दुर्गन्ध फैलिनुका साथै तराईको चर्को गर्मी र हावाहुरीका कारण फोहोर यत्रतत्र फैलिने समस्या बढेको छ । यसले जनस्वास्थ्यमा समेत जोखिम निम्त्याउने चिन्ता व्यक्त गरिएको छ ।

    बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार मानिने भैरहवामा यस्तो अवस्था देखिँदा पर्यटक आगमनमा समेत असर पर्ने देखिएको छ । विशेषगरी भारतीय सीमा हुँदै आउने पर्यटकहरू फोहोरको समस्याबाट प्रभावित भइरहेका छन् ।

    नगरपालिकाले वैकल्पिक डम्पिङ साइट खोज्न छिमेकी स्थानीय तहसँग सहकार्यको प्रयास जारी राखेको जनाएको छ । मेयर इस्तियाक अहमद खानले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउने व्यवस्था प्रभावकारी बनाउन सके समस्या आधा घट्ने बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij