इलाममा विपद् व्यवस्थापन तालिम, स्थानीय जनप्रतिनिधि र शिक्षक सहभागी

इलाममा विपद् व्यवस्थापन तालिम, स्थानीय जनप्रतिनिधि र शिक्षक सहभागी

शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • इलाममा विपद् व्यवस्थापन तालिम, स्थानीय जनप्रतिनिधि र शिक्षक सहभागी

    इलाम । माइजोगमाई गाउँपालिका मा एक दिने विपद् व्यवस्थापन तालिम सम्पन्न भएको छ । शुक्रबार आयोजित तालिममा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीसहित ३५ जनाको सहभागिता रहेको थियो ।

    काठमाडौँस्थित ग्रुप फर टेक्निकल एसिस्टेन्स को समन्वय तथा मेरियड युएसए को आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाको सभा हलमा सम्पन्न तालिम खुस बहादुर थेवे को अध्यक्षतामा भएको थियो ।

    तालिममा सूर्योदय नगरपालिका अन्तर्गतका स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थेवेले इलाम जिल्लाले विगतमा विपद्बाट ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्दै यस्तो तालिमले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    2.jpg

    कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी भद्रपुर शाखाका केदार महत र सुजन नेपालले गरेका थिए । कार्यक्रममा भोला नाथ चौधरी ले विपद् न्यूनीकरण तथा राहत–उद्धार कार्यलाई प्रभावकारी बनाउन यस्ता तालिम आवश्यक रहेको बताए ।

    यसै क्रममा सूर्योदय नगरपालिका वडा नं. १२ स्थित करफोक विद्या मन्दिर सेकेण्डरी स्कूलमा पनि विपद् व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । उक्त तालिममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

    स्थानीय स्तरमा विपद् व्यवस्थापन सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । विद्यालय क्षेत्रमा हुने विपद्का घटनामा प्रभावकारी रूपमा परिचालन हुन सकियोस् भन्ने लक्ष्यका साथ यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij