काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियान सुरु, आजदेखि डोजर चल्दै

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियान सुरु, आजदेखि डोजर चल्दै

शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियान सुरु, आजदेखि डोजर चल्दै

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान आजदेखि सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार शनिबार बिहान ६ बजेदेखि डोजर परिचालन गर्दै बस्ती खाली गराउने काम थालिएको हो ।

    पहिलो चरणमा थापाथली, मनोहरा र सिनामंगल–गैरिगाउँ क्षेत्रका बस्ती हटाइँदै छन् । ती क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्भावित अवरोध रोक्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

    काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भइरहेको अभियानअन्तर्गत आज र भोलि दुई दिनभित्र उपत्यकाभित्रका प्रमुख सुकुम्बासी बस्ती खाली गराउने सरकारको योजना छ ।

    यसअघि बिहीबार साँझ महानगरपालिकाको टोलीले प्रभावित क्षेत्रमा माइकिङ गर्दै बस्ती खाली गर्न आग्रह गरेको थियो । त्यसपछि केहीले शुक्रबार नै स्थान छाडिसकेका छन् ।

    सरकारले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij