ओमानमाथि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीको  सानदार जित

ओमानमाथि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीको  सानदार जित

शुक्रवार, बैशाख ११ २०८३
शुक्रवार, बैशाख ११ २०८३
  • ओमानमाथि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीको  सानदार जित

    काठमाडौं । नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले ओमानमाथि सानदार जित निकालेको छ । नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले ओमान विरूद्धको दोस्रो एकदिवसीय खेलमा  ११५ रनको जित निकालेको हो ।  

    माथिल्लो मुलपानी मैदानमा शुक्रबार भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको ‌ओमान ३६।३ ओभरमा १६९ रनमै अलआउट भयो। ओमानका मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए।  

    बलिङमा नेपालका युवराज खत्रीले ३ विकेट लिए । छ ओभर बलिङ गरेका खत्रीले १ मेडन राख्दै १६ रन खर्चिए । हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २ विकेट लिए ।  

    त्यसअघि टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८४ रन बनाएको थियो। नेपालका लागि देव खनालले ९५ बलमा ५ चौकाको मद्दतमा ६४ रन,  इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतमा ६९ रन बनाए । 

    त्यस्तै कुशल मल्लले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन तथा सन्दीप जोराले २६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४२ रन जोडे। बलिङमा ओमानका जितेन कुमारले २ विकेट लिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij