काठमाडौं । नेपाल उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष एवं उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्छालाई बिहिवार अपरान्ह काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुशन्धान व्युरो सीआईबीका अनुसार,गोल्छालाई विभिन्न कसूरमा अनुसन्धान गर्नु पर्ने भएकाले पक्राउ गरिएको हो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोको भनाइ छ ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरिएको ब्युरोले जनाएको छ । काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई नक्सालबाट पक्राउ गरिएको जनाइएको छ ।